नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार ‘हाइस्कोर’ म्याचमा चेन्नई सुपर किङ्ग्स दुर्भाग्यपूर्ण रुपमा पराजित भएको छ । साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको म्याचमा २१९ रनको विशाल लक्ष्य दिएको चेन्नईले पराजय टार्न नसकेको हो ।टस जितेर मुम्बईले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको ‘हाइस्कोर’ खडा गरेको थियो । तर मुम्बईले खेललाई अन्तिम बलसम्मै लम्ब्याउँदै चार विकेटको जित हासिल गरेको हो ।२१९ रनको लक