रातको करिब एघार बजे । सबैतिर चकमन्न । आफ्नो कोठामा घुमिरहेको पङ्खाको आवाज । टेबलभरि किताब छरपस्ट । सबै मिलाउँदा करिब एक दर्जन किताब होलान् । त्यति किताब पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु । साउनको महिना गर्मी निकै छ । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । किताबको थुप्रोमा एउटा पुरानो साहित्यको पुस्तक भेटिन्छ । एकपछि अर्को गर्दै पाना पल्टाउँदै जाँदा विगतका अविस्मरणीय यादहरू एकाएक आउन थाल्छन् । विद्यालय पढ्दाका ती अविस्मरणीय याद एकपछि अर्को गर्दै मानसपटलमा फनक्क घुमेर जान