काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उदघाटनका अवसरमा ओलम्पिक फ्लेम प्रज्वलन गण्डकी प्रदेशका जेष्ठ ओलम्पियन टिकाबहादुर बोगटीले गर्ने भएका छन् । त्यसअघि ओलम्पिक टर्च पाँच सदस्यीय टोलीलगायतले उद्घाटनका अवसरमा पोखरा रंगशालामा परिक्रमा गराउनेछन् । उक्त टोलीमा ओलम्पिक बोगटीसहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी रहनेछन् । […]