आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी इलामका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय इलामले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान सम्पन्न गरेको हो।