सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा आह्वान भएको उक्त सुरुङमार्ग निर्माणको टेन्डरमा सहभागिता जनाएका नौ कम्पनीमध्ये चारओटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएसँगै सडक विभागले आर्थिक प्रस्ताव खोल्ने मिति तोकेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि विभिन्न नौओटा कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको छ ।
र त्यसमा चारओटा कम्पनी छनोट गर्दै विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अर्को बुधवार अर्थात् पुस २८ गते दिउँसो १ बज...