ललिता निवास प्रकरणः सचिव राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं, २७ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।राउतको तर्फबाट तिलकबहादुर खड्काले दायर गरेको रिटमा राउतलाई गैरकानुनी रुपमा थुनामा राखेकाले विना शर्त रिहाईको माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। मंगलबार पनि ललिता निवास जग्गा प्रकरणसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाले पत्नी वियोगको बेला सबैको साथ पाएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि सुरु भएको छ। नयाँ कानूनले आफ्ना माग सम्बोधन नगरेको भन्दै मिटरब्याज पीडितले पुनः आन्दोलन सुरु गरेका छन्।

ललिता निवास प्रकरण : सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज

काठमाडौँ- ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो । ...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं, २ साउन। ललिता निवास प्रकरणका चार अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिट हेर्दा–हेर्दैमा राखिएको छ। ११ महिनापछि मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ राजनीतिक दललाई निर्वाचन आयोगको कारवाही गरेको छ। सरकारले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ।

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पनि सुनुवाइ

१ साउन, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको हो । इजलासले सोमबार बहस टुंग्याउन आदेश दिँदै […]

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत लिई तारेखमा छाड्न आदेश दिएको हो । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले […] The post दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको राय बाझियो

२४ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो । जसमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड […]

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]

सर्वोच्चले विशेष अदालतसँग माग्यो दीप बस्न्यातलाई थुनामा राख्नुको कारण

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन […]

अख्तियारका पूर्वप्रमुखद्वारा थुनामुक्त गर्न माग

काठमाडौं, बैशाख १९ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास जग्गा काण्डको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो। गैरकानुनी रूपमा थुनामा […]