गठामुंगः भूत मन्छाउन भन्दै किन जलाइन्छ खोला, चौबाटो र नगरबाहिर लगेर घण्टाकर्ण?

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाएका छन् । साथै आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाएका छन् । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने चलन छ । यहाँको […]

सम्बन्धित सामग्री

भूत भगाएर मनाइयो गठेमङ्गल पर्व

भक्तपुर - हिजाे दिउँसो भक्तपुरका टोलटोलमा नर्कट र परालबाट बनाइएका राक्षस अर्थात् गठेमङ्गल राखिएकाे थियाे । गठेमङ्गलमा परालकै हात खुट्टा, टाउको, टाउकोमा पुरानो हाँडी, नाङ्गोलमा आँखा, नाक, कान बनाइएको थियाे  । बेलुका हुँदै गएपछि चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिँदै गयो । छ्वालीको राँको बाल्दै राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो, नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर जलाइयाे ।  यसरी बलेको आगोमाथि र वरिपरि रुन्च...

भक्तपुरमा ‘भूत’ भगाइयो (फाेटाे फिचर)

भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन्।दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदी किनारमा लगेर दहन गरेका हुन्।गथामुंगः बनाउन बिहानैदेखि टोलटोलका स्थानीय सामूहिकरुपमा जुटेका थिए। हरियो नर्कट ल्याउन, परालको विभिन्न प्रकारका गहना र डोरी बाट्न, मुखाकृत सिंगार्न, कपडाका विभिन्न प्रकारका आकृति बनाउन महिला, केटाकेटी, तन्नेरी र वृद्धवृद्धाहरु गच्छे अनुसार एकसाथ जुटेका थिए।वर