भक्तपुर - हिजाे दिउँसो भक्तपुरका टोलटोलमा नर्कट र परालबाट बनाइएका राक्षस अर्थात् गठेमङ्गल राखिएकाे थियाे । गठेमङ्गलमा परालकै हात खुट्टा, टाउको, टाउकोमा पुरानो हाँडी, नाङ्गोलमा आँखा, नाक, कान बनाइएको थियाे ।
बेलुका हुँदै गएपछि चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिँदै गयो । छ्वालीको राँको बाल्दै राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो, नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर जलाइयाे ।
यसरी बलेको आगोमाथि र वरिपरि रुन्च...