अघिल्ला वर्षहरूमा दसैं, तिहार, छठजस्ता पर्व नजिकिएसँगै वीरगन्जका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारको रौनक बेग्लै हुन्थ्यो । नयाँ सवारीसाधन, मदिरा, रेडिमेड कपडा र जुत्ता, ड्राइफ्रुट र दीपावलीका झिलिमिली बत्ती उच्च परिमाणमा आयात हुन्थे । भन्सार कार्यालयले पनि लक्ष्यको १ सय १० देखि १ सय २० प्रतिशतसम्म पनि राजस्व संकलन गर्थे ।