जिल्लाको फुङ्लिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम नफेर्न आग्रह गरेको छ ।नगरप्रमुख छत्रपति प्याकुरेलद्वारा हस्ताक्षरित पत्रमा विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा नामाकरण नगर्न आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ, “स्वर्गीय रवीन्द्र अधिकारीप्रति सम्मान छ । जिल्लाबासीको भावना मर्म र चाहनाको उच्च सम्मानसहित विमानस्थलको नाम यथावत गर्न अनुरोध छ […]