प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र […] The post प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका देउवा पहिलोदिनमै भाजपाको हेड अफिसमा

भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्य कार्यलय पुगेका छन्। नेपालको प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमणमा गएका देउवाले भारत पुगे लगत्तै पहिलोदिन मै भाजपा को मुख्य कार्यलय पुगेका हुन्। दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुगेका थिए। प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए। त्यसपछि देउवा पण्डित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा पार्टी कार्यालयमा गएका हुन्। त्यहाँ प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।    नेपालबाट प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले भारतको एउटा अमुक पार्टीको कार्यलयमा जानु यस क्षेत्रका जानकारहरुले कुटनीतिक मर्यादाविपरित भएको बताएका छन्। यस अगाडी प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणको क्रममा जाने कुनै पनि प्रधानमन्त्रीले होस् वा नेपाल भ्रमणमा आउने भारतका प्रधानमन्त्री होस्, यसरी कोहि पनि एउटा अमुक पार्टीको कार्यलय नपुगेको जानकारहरुको भनाई छ।  प्रधानमन्त्री नभई पार्टी सभापतिको हैसियतले भारत भ्रमणको लागि गएको भए यसरी एउटा पार्टी कार्यलय पुग्नुलाई अन्यथा मान्न नमिल्ने तर अहिले पनि यो सामान्य नभएको उनीहरुको भनाई छ। प्रधानमन्त्री देउवा चार जना मन्त्री र विभिन्न मन्त्रालयका सचिव, सल्लाहकार तथा व्यवसायीहरु सहितको ५० जनाको टोलि लिएर तीन दिने भारत भ्रमणको लागि आज भारत गएका हुन।