काठमाडौं । आउँदाे कात्तिकमा वाणिज्य बैंकहरूको ब्याजदर नबढ्ने भएको छ ।
नेपाल बैंकर्स संघले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेको हो ।
असोजमा ब्याज बढाउँदासमेत निक्षेप वृद्धि नभएपछि संघले ब्याजदर वृद्धि नगर्ने सहमति गरेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।
उनका अनुसार ब्याज बढाउँदा निक्षेप नबढेकाले निक्षेपको ब्याजदर नबढाउने सहमति भएको छ ।...