मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान

यहाँबाट धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।          संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताउनुभयो ।          ‘‘रघुगङ्गाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘पर्यटन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जङ्गलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’’          कुइने मङ्गलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसियशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।

सम्बन्धित सामग्री

उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै

म्याग्दी- पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयम...

उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै

म्याग्दी- पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयम...

पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ

२२ भदौ, म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने …

पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ

म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचना पाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो । एक्याप लोमान्थाङका […]

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।       संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।      धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भिœयाउन र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।      संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो । धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस