विप्लव समूहले भन्यो– सहमति इमानदारीपूर्वक कार्यान्वयन गरिएन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले तीनबुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गएको फागुन २१ गते सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीतापूर्वक कार्यान्वयन नगरेको उनले बताए । उनले सहमति कार्यान्वयनमा...

सम्बन्धित सामग्री

‘विप्लवका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन सकिँदैन’

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसक्ने बताएको छ।तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएको सन्दर्भमा गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले भने, ‘फौजदारी संहिताको दफा १५९ को नेगेटिभ लिस्टमा भएका मुद्दा फिर्ता हुँदैनन्।’खातीका अनुसार विप्लव समूहका नेताहरूमाथि लागेका ३२२ वटा मुद्दा फिर्ता लिन नमिल्ने प्रकृ

विप्लव समूहका ३२२ मुद्दा फिर्ता नहुने सरकारको अडान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा सरकारले फिर्ता नलिने स्पष्ट पारेको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएको घोषणा गर्दै मशाल जुलुस निकालेकै दिन गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार साँझ मन्त्रालयमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् […]

सरकारले भन्यो : विप्लव समूहको ३२२ मुद्दा फिर्ता हुँदैन

६ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने सरकारले बताएको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खातीले […]

नेता कार्यकर्ता नछुटेकोमा विप्लव समूह असन्तुष्ट

२० असार, काठमाडौं । नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन् …

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४