निश्चल बस्नेतको आक्रोश : मान्छेको ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन

काठमाडौं : कलाकार तथा निर्देशक निश्चल बस्नेतले मान्छेको ज्यान भन्दा ठूलो भिआइपीको सवारी नहुने बताएका छन्।सामाजिक संजाल फेसबुकमा उनले भिआइपीका कारण एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउमा रहेको भन्दै आक्रोश पोखेका हुन्।'कसैले ती भिआइपी लाई सुनाईदिनु..तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भिआइपीहरूले एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउ मा राखेका छन्। जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्स लाई रोकिन दिनुभएन, ज्यान भन्दा ठूलो सवारी कुनै भिआइपीको हुनुहुँदैन', उनले लेखे

सम्बन्धित सामग्री

सेन्सरमा परिवार प्रवेशको विषयमा निश्चलको आक्रोश

काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘उचाइ’को सेन्सरमा सेन्सर बोर्डका पदाधिकारी मात्र नभइ उनीहरूका आफन्त र परिवारसमेत सहभागी भएको भिडियो बाहिरिएपछि बोर्डको आलोचना सुरु भएको छ । सेन्सरको यस्तो क्रियाकलापको विषयमा निर्देशक निश्चल बस्नेतले प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै सेन्सर नियम मिच्ने पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा […]

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन : निश्चल बस्नेत

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निश्चलले सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका हुन् । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने बाटोमा सार्वजनिक […]

निश्चलको आक्रोश : ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

काठमाडौं । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् । फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् । उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो […]