संसद पुनःस्थापनापछिको पहिलो दिनको बैठकमै कांग्रेस सांसदहरूद्वारा नाराबाजी

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका छन् । कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश हुन नसक्ने भन्दै नाराबाजी गरेको हो । कांग्रेसका तर्फबाट बोल्दै मुख्य सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालले अध्यादेशको विरोध गरेका थिए । यसअघि नेकपाको प्रचण्ड-नेपाल समूह बैठक बहिष्कार गरेर बाहिरिएको थियो    

सम्बन्धित सामग्री

प्रचण्ड–माधव समूहको बहिस्कार, कांग्रेस र जसपाको नाराबाजी

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्यो । तर पहिलो दिनको बैठकमै सत्तारुढ दलको एउटा पक्षको बहिस्कार र विपक्षीको नाराबाजीको दृश्य देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीको …