आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे।

सम्बन्धित सामग्री

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णय

काठमाण्डाै – सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ । साेमवार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी काेटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ ।यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डाै– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाण्डौ–इस्तानबुल र काठमाण्डौ&ndas...

आन्तरिक उडान सबै बन्द

काठमाण्डाै - सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ । भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन ...

बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा 'फ्लाइट'

काठमाण्डाै – सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् ।स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि ओलीले जानकारी दिनुभयो ।

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ ।अन्तर्राष्ट्रिय उडान भने वैशाख २२ गते रातीबाट स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही दिनअघि उडान बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।