काठमाडौँः सरकारले आगमी वर्षदेखि लागू हुनेगरी गरेको सार्वजनिक बिदा कटौतीको निर्णयप्रति राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। १६२ भन्दा बढी दिन विदा हुने गरेको भन्दै मन्त्रिपरिषदको बुधबारको बैठकले २२ दिन बिदा कटौती गरेको थियो।
सरकारको निर्णयलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सकरात्मक रहेको टिप्पणी गरेका छन्।