हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो

स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए । उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच

सम्बन्धित सामग्री

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद

जोखिम मोल्दै हुम्लाका मतदान केन्द्रमा पुगे कर्मचारी

हुम्लाका विभिन्न  मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै  मतदान केन्द्रमा पुगेका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा  प्रदेश सभा सदस्य निर्वाचनको लागि कर्मचारीहरू मतदान केन्द्रमा पुगेका हुन्।   गत असोज...

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।