सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले दिएको आदेशमा आफ्नो पनि हक गाँसिएकाले कारबाहीमा आफूलाई समावेश गरी पाउँ भन्दै निवेदन दिएका छन् ।
सर्वोच्च अदालत नियमवाली २०७४ को नियम ४७ बमोजिम आफूलाई पनि समावेश गरिनुपर्ने भन्दै अदालतमा निवेदन दिएको केसीले बताए ।
‘मैले आफ्नो ल फर्मको एक जना प्रतिनिधिलाई निवेदन दिएर सर्वोच्च अदालतमा पठाएको छु,’ पूर्व न्यायाधीश केसीले लोकान्तरसँग भने, ‘म पक्ष पनि होइन, विपक्ष पनि होइन, मेरो कोही विरोधी पनि होइन तर मै...