बलिउड अभिनेत्री कंगना रनावत कुनै न कुनै विषयमा टिप्पणी गरेर चर्चामा आइरहन्छिन् । अहिले उनी अभिनेता कमल हसनको विरोधमा छिन् । घरको कामलाई पनि व्यवसाहिक दर्जा दिनुपर्ने र गृहिणी तथा घरको काम गर्ने पुरुषहरुको तलब तय गरिनुुपर्ने धारणा कमल हसन र कांग्रेस नेता शशी थरुरले राखेका थिए । यसबारे कंगनाको टिप्पणी छ, ‘सेक्सका आधारमा प्राइज ट्याग (मूल्य निर्धारण) नलगाउनुस् । हामीले प्रेमका साथ यो काम गर्दैछौं । आफ्नो सानो राज्य र आफ्नो घरको हामी महारानी हौं, हरेक कुरालाई व्यापारका रुपमा नहेर्नुस् । त