देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।