चितवन : वायु प्रदूषणका कारण आँखाका बिरामी बढेका छन्। आँखा चिलाउने समस्या लिएर आउने बिरामीको संख्या बढेको भरतपुर आँखा अस्पतालले जनाएको छ।
सोमबार र मंगलबार चितवनको वायु प्रदूषणले खतराको तह नाघेको थियो। यहाँको वायु अझै पनि अस्वस्थ रहेको रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्युआई)ले जनाएको छ।
आँखाको दैनिक उपचार गराउन आउने बिरामीमध्ये झण्डै ६० प्रतिशत बिरामीमा आँखा चिलाउने समस्या भएको भरतपुर आँखा अस्पतालका नेत्र अधिकृत विनोद पाण्डेले जानकारी दिए। ‘६० प्रतिशत बिरामीले चाहिँ आँखा पोलेको बताउनुभएको छ’, उ...