शुल्क वृद्धिको विरोध मार्चपास काठमाडौं, ८ भाद्र। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन्। शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन्। विद्यार्थीहरुले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका छन्। बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पु¥याएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
११ साउन, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाउने तयारी गरेको छ । संस्थानका डीन प्रा.डा.शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘शुल्क समायोजन गर्ने तयारी भइरहेको हो । हाम्रो आईओई मा २०५२ सालमा कुल शुल्क तोकिएको थियो । त्यसमा […]
काठमाडौं, असार ४ । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ। जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो। यो शुल्क चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शैक्षिक सत्र २०७८/०७९का लागि गत वर्ष कायम भएको शुल्कमा ३.६ प्रतिशत वृद्धि गरिएको […]
काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको बैठकले चिकित्सा शिक्षाका विभिन्न विषयहरुमा शुल्क बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निर्धारण गरेअनुसार काठमाडौं उपत्यकामा एमबीबीसएस अध्ययन गर्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ । अघिल्लो शैक्षिक सत्रमा भने उपत्यकाभित्र […]
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइर
२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो । बुधबार शिक्षा. विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति […]