फागुन ३०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२० धितोपत्रमध्ये उक्त कम्पनीको सो अवधिमा रू. ६ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २७२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ६६८ दशमलव ११ विन्दुमा रहेको छ ।
उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ३४ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।