‘माइस’ पर्यटन कार्यनीति बनाउँदै व्यवसाय

काठमाडौं । मुलुकलाई मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेन्सेस तथा एक्जिभिशन (माइस) तथा विवाह गन्तव्यका रूपमा अघि बढाउन निजीक्षेत्रका होटेल व्यवसायी कार्यनीति बनाउने तयारीमा जुटेका छन् । पछिल्लो समय ‘माइस’ गतिविधिका लागि विदेशी व्यापारी नेपाल आउन थालेको र भारतीयले पोखरालाई विवाह गन्तव्य बनाउन थालेपछि होटेल व्यवसायीले कार्यनीति बनाउन खोजेका हुन् ।  त्यसका लागि होटेल व्यवसायीहरूको छाता संगठन होटेल एशोसिएशन नेपाल (हान)ले भदौ ३१ गते काठमाडौंमा एक कार्यक्रम गर्न लागेको छ । माइस र विवाह गन्तव्य (डेस्टिनेशन वेडिङ)को बढ्दो माग पूरा गर्न कार्ययोजना तयार गर्ने हानले जानकारी दिएको छ । हानका महाससचिव साजन शाक्यले होटेल पूर्वाधार बनिसकेको र बैंक्वेट क्षमता पनि बढेकाले बजारीकरणको काम गर्नुपर्ने बताए । ‘काठमाडौंमा मात्रै नभई बाहिरी गन्तव्यका होटेलहरू पनि त्यस्तो सेवा दिन सक्षम छन्,’ शाक्यले भने, ‘भैरहवामै ३ ओटा ५ तारे होटेल खुलेका छन्, नेपालगञ्जमा पनि छन् ।’ भदौ ३१ को कार्यक्रममा सरकारी अधिकारी, होटेल व्यवसायी, टुर्स एन्ड ट्राभल्स व्यवसायीको सहभागितामा छलफल हुने उनले बताए । केही साताअघि बंगलादेशबाट एउटा कम्पनीका ७०० कर्मचारी नेपाल आएका थिए । यसले पनि व्यवसायीलाई उपयुक्त कार्यनीति घचघच्याएको ठानिएको छ । हानले वार्षिक कार्ययोजनामै राखेर बजार प्रवर्द्धनका लागि कार्यक्रम गर्न लागेको शाक्यको भनाइ छ । कार्यक्रमले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपाललाई माइस पर्यटनको उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्न सघाउने बताइएको छ । पर्यटक आगमन बढाउन माइस पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै उनले थपे, ‘नेपालले विश्वभरका व्यापारिक समुदायमा अन्तरराष्ट्रिय सभा, सम्मेलन गन्तव्यका रूपमा लोकप्रियता कमाएको छ ।’ केही साताअघि बंगलादेशबाट एउटा कम्पनीका ७०० कर्मचारी नेपाल आएका थिए । यसले पनि व्यवसायीलाई उपयुक्त कार्यनीति घचघच्याएको ठानिएको छ । अन्तरराष्ट्रिय स्तरको मेला, सभा/सम्मेलनसँगै प्रोत्साहनस्वरूप कर्मचारीलाई विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रूपमा बढेको छ । छिमेकका भारत र चीनमा पनि यस्तो चलन बढ्दै गएको भन्दै त्यो अवसरलाई नेपालले सदुपयोग गर्नुपर्ने व्यवसायीको भनाइ छ । छिमेकी भारतलगायत देशबाट वर्षेनि हजारभन्दा बढीको संख्यामा विवाह गर्ने जोडी र उनीहरूका परिवारका सदस्य नेपाल आउन थालेको हानको भनाइ छ । यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि कार्यक्रम गर्न लागिएको हो ।  नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदास्थलका ‘प्याकेज’ बनाई मेला, सभा/सम्मेलन, विवाह गन्तव्य तथा प्रोत्साहन भ्रमणमा व्यापारिक घरानालाई आकर्षित गर्न सक्ने सम्भावना बलियो छ । यसका लागि सरकारी नीति, नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका कार्यक्रम आवश्यक पर्ने हानको भनाइ छ ।

सम्बन्धित सामग्री

पोखरामा पर्यटन व्यवसाय संकटमा

काठमाडौं । पोखरामा पर्यटन व्यवसाय संकटमा परेको छ । ३ वर्षअघि विश्वव्यापी कोरोना महामारीले धराशायी बनाएको पोखराको पर्यटन व्यवसाय अझै फस्टाउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । लगत्तै डेंगु महामारी र त्यसपछि विमान दुर्घटना आदिका कारण पर्यटनले लय लिन नसकेको र बैंक तथा वित्तीय संस्थाको ताकेताले व्यवसायीलाई मनोरोगी बनाएको उनीहरुले बताएका छन् । केही विदेशी […]

चितवनको पर्यटन व्यवसाय सुस्त

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ। एकपटक जंगल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो। राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि […]

पर्यटन व्यवसाय दर्ता गर्न विभागको आह्वान

पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ । विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो ।पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले ध्यानाकर्षण गराइएको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले बताए । उनले भने, “हाल कतिको संख्यामा पर्यटन व्यवसाय गरिरहेका छन् वा गर्नको […]

पर्यटन व्यवसाय नवीकरण गर्न फागुन मसान्तसम्मको मौका

१९ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले कोभिड १९ का कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई फागुन मसान्तसम्मको समय सीमा दिएको छ । बागमती प्रदेशभित्रका साविकमा पर्यटन विभागका दर्ता भई अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने सबै व्यवसायलाई यस्तो सुविधा दिइएको हो । ट्राभल तथा ट्रेकिङ एजेन्सी, […]

कोरोनाको मारमा पर्यटन व्यवसाय

कोभिड–१९ का कारण अन्य क्षेत्रको तुलनामा पर्यटन व्यवसाय नराम्रोसँग थला पर्‍यो । कोरोनाले विश्वव्यापी रूपमा पर्यटन व्यवसाय शिथिल भएको परिवेशमा नेपालले पनि एक खर्बभन्दा बढी घाटा व्यहोरिसकेको छ । नेपालको पर्यटन क्षेत्रमा...

उठ्दै छ पुनहिलको पर्यटन व्यवसाय

माग्दी (पुनहिल) – कोरोना भाइरसको महामारीले थलिएको पर्यटन व्यवसाय विस्तार उठ्ने क्रममा छ। अन्नपूर्ण पदमार्गभित्रको म्याग्दीको पुनहिल क्षेत्रको जनजीविका पर्यटन र यससँग जोडिएका व्यवसायमा निर्भर रहँदै आएकोमा कोरोना भाइरसको महामारीले गम्भीर असर पारेको थियो। तर संक्रमण विस्तारै कम भएसँगै यो क्षेत्रमा पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ। स्थानीय व्यवसायीहरुका अनुसार विशेषगरी दसैँको आसपासदेखि पर्यटक आउने […]

पोखरेली पर्यटन व्यवसायी भन्छन्ः अब व्यवसाय खोलौं

कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।...

थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

पोखरा : धर्मराएको पर्यटन व्यवसाय उत्थान गर्न पोखराका व्यवसायीहरुको दौडधुप चलिरहेको छ। कोरोनाले थला पारेको पर्यटन व्यवसाय उत्थान गर्न हारगुहार गर्दै व्यवसायीहरु बेलाबेला सम्बन्धित निकायको ढोका ढकढकाउन पुगिरहन्छन्। अहिले पोखराका पर्यटन व्यवसायीको प्रमुख माग व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप हो। सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोपको माग राखेर व्यवसायीहरु जिल्ला…

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

पर्यटन व्यवसाय फेरि ठप्प, बर्दिया निकुञ्जका सबै गतिविधि रोकिए

बर्दिया : २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ।कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताए। ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो&rsquo