देश चलाउने जिम्मेवारी लिएकाहरू गुट चलाउनेमा छन्। केही निश्चित दलका निश्चित नेताहरूको नीजि कम्पनी प्राईभेट लिमिटेड जस्तो गरी कहिलेसम्म देश चल्न सक्छ? विडम्बना गुटसमेत धान्न हम्मेहम्मे परेकाहरूबाट देशको शासन व्यवस्था सञ्चालनको आशामा हामी छौं। प्रचण्ड र केपी ओलीहरू कम्युनिस्टहरू बीच एकता प्रायोजित रुपमा जुट्यो र पानीको फोका जस्तै क्षणमै फुटेर गयो। जुनसुकै बहाना र उद्देश्यले कम्युनिस्टहरू जुटे र फुटे पनि जनताले सहजै बुझेका छन् कि हाम्रो जस्तो मुलुकमा व्यक्तिवादी चिन्तन र