विराटनगर । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् । ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूल