जकार्ता : इण्डोनेशियामा रोहिंज्या शरणार्थीको विरोध भइरहेको छ। म्यान्माली सेनाको आक्रमणपछि भागेर आएका उनीहरूमाथि ठाउँ ठाउँमा आक्रमण हुन थालेको छ।बुधवार इण्डोनेशियाली विश्वविद्यालयका विद्यार्थीहरूको भीडले पश्चिमी शहर बन्दा आचेमा रहेको रोहिंज्याहरूको अस्थायी आश्रयस्थलमा आक्रमण गरेको छ।उनीहरूले यी शरणार्थीलाई देशनिकाला गर्न माग गरेका छन्। तिनीहरूमध्ये धेरैले हरियो ज्याकेट लगाएका थिए। आश्रय लिइरहेको घरबाट उनीहरूले बाहिर निकालेका थिए। भुईंमा रोहिंज्या पुरुष, महिला र बालबालिकाहरू रोइरहेका थिए।विद्यार्थ