पर्वत, २० चैत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ । अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए। अङ्ग्रेजी माध्यममा अध्यापन […]