हिउँमा यसरी फस्यो गाडी

दोलखाको कालिन्चोकमा बाक्लो हिमपात परेपछि बिहीबार हिउँमा  फसेका सवारी साधन। देशका विभिन्न ठाउँबाट हिउँ खेल्न र हेर्न  कालिन्चोकमा आएका पर्यटकहरुको सवारीसाधन वाक्लो हिमपातसँगै  हिउँमा फसेका छन्  । तस्वीर, रासस

सम्बन्धित सामग्री

सुपर त्रिशूली निर्माण आयोजनाको ६ वटा गाडी नदीबीचमा फस्यो

चितवन । सुपर त्रिशूली निर्माण आयोजना कम्पनीको ट्रिपर र एक्साभेटर त्रिशूली नदीमा फसेको छ । कम्पनीको ३ वटा ट्रिपर र ३ वटा एक्साभेटर आज त्रिशूली नदीमा आएको बाढीमा फसेर डुबाएको र निकाल्न नसकिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका १, बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाइ काम […]

डिल्लीबजारको सडकमा गाडी फस्यो, घरभित्र पानी पस्यो (फोटो/भिडियो)

काठमाडौँ- संघीय राजधानी काठमाडौँमा केहि समयअघि पानी पर्‍यो । पानीले काठमाडौँ महानगरपालिका- २६ स्थित डिल्लीबजारका केहि घरहरूमा पानी पसेको छ । मुख्य सडकमा विद्युत्‌ प्राधिकरणले खाल्डो खनेर पुरेको ठाउँमा दिगो सार्वजनिक यातायातको बा ५ ख ४२६४ नम्बर बस फसेको छ । मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार काठमाडौँ...

कालो पुलमुनि फेरि फस्यो गाडी

५ साउन, काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ । केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ । सो सडकमा […]

ललितपुरमा पानी जहाज ! तस्बिरहरु हेर्नुहोस्

बिहीबार ललितपुरको सानेपास्थित कालोपुल मुनि जमेको पानीमा मालबाहक गाडी फस्यो । पुलमुनि जमेको पानी पार गरेर अघि बढ्न खोज्दा उक्त गाडी एक्कासि फसेको हो । फसेको गाडीलाई निकाल्न निकै हम्मे–हम्मे पर्यो ।प्रहरीको सहयोगमा करिब ९० मिनेटपछि क्रेनको सहायतामा फसेको उक्त गाडी निकालिएको छ । गाडी फसेको दृष्यलाई सर्वसाधारणले सामाजिक सञ्जालमा नेपालको ‘पानी जहाज’ भन्दै व्यङ्ग्य समेत गर्न भ्याए । वर्षा लागेसँगै उपत्यकामा गाडी फसेका  यस्ता दृष्य देखिने गर्छन् । राम्रोसँग नबनाइएको सडक, अव्यवस्थ

चुनावमा लुटको अवसर

देशभर चुनावी माहौल छ । अर्थात् लुट्ने र लुटाउनेको कतार छ । कोही भोट लुट्न त कोही लुटाउन तयार छन् । चुनाव सुनौलो अवसर हो लुटका लागि । बैंकहरूबाट अर्बौं रुपैयाँ चुनावमा लुटाउन निकालिएको छ । अहिले लुटाउने अनि पाँच वर्षसम्म आरामसँग लुट्ने । लुटको अवसर छ र त लुटमा लगानी छ । जति अभाव उति महँगी । जति महँगी उति नै लुट । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । पहिले पहिले पसलहरूमा छुटका अफरहरू हुन्थे । अहिले छुटको ठाउँ लुटले लिएको छ । लुट्नलाई सजिलो हुने भएर होला, अहिले त धेरैजसो पूर्व लडाकुमात्र होइन, पूर्व डाँकाहरू पनि राजनीतिमा आएका छन् । अहिले त उनीहरू ‘केही’ बनिसकेका छन् । कम खाँदा उनीहरूलाई ‘सुक्खा रोग’ लाग्ने खतरा छ । त्यसैले उनीहरूलाई खाइरहनुपर्छ र धेरै खानुपर्छ । तर नेताले ईशारा गरे मात्र पनि पुग्छ, बाँकी सबै थोक कार्यकर्ता र आसेपासे अफिसरहरूले पुर्‍याइदिहाल्छन् । असुली अभियानमा ठूला साना सबै कार्यकर्ताले आफ्ना भूमिका निर्वाह गरिहाल्छन् । हुन्न, सक्तिनँ भन्नेहरू सरुवा वा निलम्बनको यात्रामा जान बाध्य हुन्छन् । चुनाव स्थानीय नै भए पनि केन्द्रीय नेता पनि यसमा परिचालित हुन्छन् । केन्द्रीय नेताहरू जब शहरबाट साना शहर र गाउँ पस्छन्, उनीहरूको खाने, पिउने, बस्ने, गाडी, डिजेल, पेट्रोल आदि सबै कुरा स्वतः मातहतहरूको जिम्मा भैहाल्छ । मन्त्री नेताका पीएदेखि भान्छेसम्म भोको बाघजस्ता देखिन्छन्, मौका पर्नासाथ आक्रमण गर्न र लुट्न तयार । हिजोआज चारैतिरको चुनावी वातावरण लुटको छुटका लागि उपयुक्त बनेको देखिन्छ । त्यसैले जनतासँग जसले जेमा जति दाम असुल गरे पनि उचित हुने जस्तो वातावरण बनेको छ । जताततै मिलावट नै मिलावट छ । जसले मिलावट गर्छ, उसले थुपै्र पाउँछ । फस्यो भने थोरै मात्र गुमाउँछ । त्यसैले जनतासँग खोस्नुस्, केवल कम्पनीहरूलाई पोस्नुस् । कोही मर्छन् भने मर्न दिनुस् । मर्नबाट त कसले कसलाई रोक्न सक्छ र ? त्यसो त थुप्रै मानिस शिक्षण पेशा छाडेर समेत राजनीतिमा आएका छन् । उनीहरूले शिक्षण संस्थाहरूमा देखेको वा आफूले प्रयोग गरेको लुटलाई राजनीतिमा पनि प्रयोग नगर्ने कुरै भएन । स्कुल कलेजमा पढाउने कुरामा छूट भए पनि एड्मिशन शुल्कदेखि हरेक शुल्कमा हुने गरेको लुट, कापी किताब किनाउनेदेखि डे«स सिलाउने र टाईदेखि आईडीकार्ड बनाउँदामै लुट, शिक्षक शिक्षिकालाई दिने तलब सुविधा आदिमै लुट । छट्टुहरूले कट्टु र मोजाबाहेक अरूमा नलुटेको केही छैन । यस्तो लाग्छ– अरू थुप्रै क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि साँच्चै रामराज्य नै आएको थियो र छ । शिक्षा क्षेत्रमा जस्तै अन्य थुप्रै क्षेत्रमा लुटको यो श्रृंखला जारी छ । ट्रकवालालाई पुलिसले, पुलिसलाई माथिकाले लुटिरहेका देखिन्छन् । बफादार प्रहरीले दिनभर लुटेर साँझ सबैलाई प्रसाद पुर्‍याउन भ्याउँछ र बदलामा आफ्नो भाग पनि लाउँछ । महानगरीय प्रहरीले फुटपाथ पसलेहरूसँग कबड्डी म्याच गर्दै गरिरहेको असुली त झन् दक्षिण भारतीय चलचित्रमा देखाइने गरेजस्तो देखिन्छ । किसानलाई नीति निर्धारक र टाठाबाठाहरूले लुटिरहेकै छन् । जसले कृषिउपजमा लुट्न पाएन, उसले बीउ वा मलमा लुटिरहेको छ । अनि त न किसानले मल हाल्न पाउँछन्, न फसल उब्जिन्छ । अनि खाद्यान्न आयात बढ्यो, कृषिमा अनुदान दिनुपर्‍यो भन्ने तिनै । अनि त्यो अनुदान ठ्याक्क आफू वा आफन्तले पाउने गरी नीति बनायो अनि पोस्ने उनै । अनि अन्नमा पोस किन लाग्थ्यो ? टाठाबाठा पो हुने हो पोसाएको पोसायै । यसरी जति अभाव उति महँगी । जति महँगी उति नै लुट । कस्तो राम्रो काइदा । जान्नेलाई सधैं फाइदा । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । यसलाई न कानूनले छुन्छ, न पुलिसले थुन्छ, न अदालतले चिन्छ । सबै मिलेपछि इन्द्रका बाउ चन्द्र आए पनि कसैले केही लछारपाटो लगाउन सक्ने होइन । त्यसैले तपाईं यदि भगवान्लाई मान्नुहुन्छ भने पछि नपर्नुहोस् र यो पवित्र अखण्ड कीर्तनमा सहभागी भएर अर्थको भवसागर तर्नुहोस् । चुनाव हार्नुभयो वा राजनीतिमा असफल हुनुभयो भने पनि केही छैन । जिन्दगीमा केही गर्न सक्नुभएन भने पनि कुनै बाबा वा धर्मगुरु बनिहाल्नोस् । मठाधीश कहलिनोस् र जो मूर्ख बन्न तयार छैनन्, उनीहरूलाई भगवान्सँग डराउने बनाउनुहोस् र लुट मच्चाउनुहोस् । यो लुटको अवसरहरू छोड््ने कुरै हुन्न । विश्वमा कहीँ कतै छिसिक्क हुनुहुन्न, यता लुट शुरू गरिहाल्नोस् । देख्नुभएन ? रूसले युक्रेनमा मिसाइल हानेका समाचार आउन नपाँउदै रातारात मिसाइलको गतिमा भाउ आकाशिएको । देशमा केही गरेर देखाउने कुरा गर्नु छ । बैठकमाथि बैठकहरू बस्नुपर्नेछ । समय कटाउनु छ । पञ्चवर्षीय कार्ययोजना बनाउनु छ । घोषणपत्र सार्वजनिक गर्नु छ । पत्रकार सम्मेलन गर्नु छ । त्यसमा तथ्यांक यताउता बनाएर विकास गरेको देखाउनु छ । अनि फेरि उही पुरानै वाचाहरू दोहोर्‍याउनु पनि छ । देश स्वर्ग बनाइसकेँ भन्नु छ । अनि फेरि केही नभएको देखाएर स्वर्ग बनाउँछु भनेर प्रमाणित गर्नु पनि छ । शहर सफा राख्ने, पार्क बनाउने, यति हजार मेगावाट बिजुली निकाल्ने, मोनोरेल, मेट्रो मात्रै किन ? हाइपरलुपकै गफ दिनु छ । हुने नहुने, सकिने नसकिने सबै सपना नबाँडे चुनाव कसरी जित्नु ? गर्नुपर्ने केही होइन, भोटरहरूलाई पनि चाहिएको गफै हो क्यारे । भन्नेलाई पनि थाहा छ र सुन्नेलाई पनि थाहा छ । यदि भन्ने र सुन्ने दुवैलाई यो झुठ हो भन्ने थाहा छ भने त्यो झुठ ठहरिँदैन भन्छन् । जे होस्, सबै प्रकारका झुठ कुरा गरेर पाँच वर्ष फेरि बिताउनु छ । देशलाई जहाँ जानु छ, ऊ त्यहाँ गैहाल्छ । तपाईंको काम त लुट्ने हो, लुटिरहनुहोस् । नीति बनाएर वा नबनाएर लुट्नुहोस् । पुल बनाएर वा भएको पुल भत्काएर लुट्नुहोस् । कतै केही बिग्रियो भने छाती नपिट्नुहोस्, बरु लुट्नुहोस् । जे मिल्छ, स्वीकार भावमा ग्रहण गर्नुहोस् । हे कर्मठ सपुतहरू ! तपाईंहरूलाई लुट्नलाई अधैर्यपूर्वक कुरिरहेको छ लूटतन्त्र । हे वीर ! जाग्नुहोस् । टाउकोमा फेटा बाँधेर वा कम्मरमा सिक्री सजाएर चुनावमा निक्लनोस् । कुनै पनि दलको झण्डा उठाउनुहोस् । जोसुकै अगाडि आए पनि डण्डा लगाउनुहोस् । जोसँग केही पनि बाँकी छैन, ऊसँग पनि लुट्नुहोस् । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो भन्छन् । यो सुन्दर चुनावलाई आफ्ना लागि पूर्णरूपमा उपयोग गर्नुहोस् । सर्वसाधारणसँग भएको सर्वस्व लुट्नुहोस् । यो चुनावको अवसरमा लुट्ने मौकामा छुट्नुभयो भने फेरि जीवनभरि पछुताउनु पर्ला है !

कालोपत्रे सडकको दुर्दशा, कसरी गर्नु यात्रा !

गोरखा–आरुघाट सडक खण्डको आस्पतालमार्ग–ढुङ्गागाढे सडकमा शनिवार बिहानभरी गाडी फस्यो। ढुङ्गागाढेको मोडमा गाडी शनिवार मात्रै होइन, दिनदिनै फस्छ। कालोपत्रे गरिएको सडकको बराहदेखि ढुङ्गागाढे चोकसम्म कताकती मात्रै कालोपत्रे बाँकी छ। पहिलो पटक कालोपत्रे भएको पाँच वर्ष नबित्दै सडकमा ठूल्ठूला खोल्सो बनेपछि दुर्घटनाको जोखिम बढेको हो।