काठमाडौं। आज संसदको कार्यव्यवस्था समितिको बैठक बस्दैछ। दिउँसो १ बजेपछि बस्ने बैठकले कोरोना संक्रमित भएको सांसदहरुको २७ गतेको संसद बैठकमा उपस्थिति कसरी हुने भने भन्ने सम्बन्धमा निर्णय गर्नेछ। सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बैठक बस्नेछ। शनिबारसम्म प्रतिनिधिसभाका २६ जना सांसदलाई कोरोनो पुष्टि भएको छ। अझै ५० जनाको रिपोर्ट भने आउन बाँकी छ।