१७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हरायो

काठमाण्डाै - एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हराएको छ । समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली जोर्डनलाई हराउँदै छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कायमै राखेको छ । समूह ‘एच’ को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएमा नेपाल अघिल्लो चरण पुग्ने सम्भावना छ । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

एएफसी महिला एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ।उज्वेकिस्तानमा आज भएको छनोटको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको हो।एसियन कपको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर हङकङसँग गोलरहित बराबर खेलेपछि नेपालको अघिल्लो चरणमा सम्भावना सकिएको हो।खेल अवधिभर दबाब कायमै राखेपनि नेपालले गोल भने गर्न सकेन। हङकङले पनि आफूले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टिम बराबरीमा रोकिएका हुन्। समूह ‘एफ’ को

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । […]

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका […]

एएफसी महिला एसियन कप छनौट : नेपाली टोलीले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एएफसी महिला एसियन कप फुटबलको छनौट खेलमा नेपाली टोलीले शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह एफ मा रहेको नेपाली टोलीले उज्वेकिस्तानबाट छनौट यात्रा सुरु गर्न लागेको हो । नेपाली टोलीले सन् २०१९ यता पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेल खेल्न लागेको हो । तर नेपाली टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने चोटका कारण टिममा छैनन् […]

महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाण्डाै - एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ । हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्र...

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् । बिहीबार […]

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालले उज्वेकिस्तानमा खेल्ने (भिडियो)

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

महिला एसियन कप स्थगित

क्वलालम्पुर, (एजेन्सी) । सन् २०२२ मा इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप र उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसियन कप स्थगित हुने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यसमिति बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण खेलाडीको स्वास्थ्यलाई मध्यनजर गरी दुवै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । स्थगित दुवै प्रतियोगिता अब सन् २०२४ मा […]