दुई तिहाइभन्दा बढी कम्पनीबारे सरकार बेखबर

कम्पनी रजिष्ट्रारको कार्यालयमा बुधबारसम्म ३ लाख ६ हजार ८५५ कम्पनी दर्ता भएका छन् । संख्यात्मक रुपमा हेर्दा नेपालमा कम्पनी दर्ताको संख्या उत्साहजनक देखिए पनि फितलो प्रशासनका कारण यीमध्ये अधिकांश कम्पनीको अवस्थाबारे सरकार बेखबरजस्तै छ । रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीमध्ये दुई तिहाइभन्दा बढीले वार्षिक विवरण बुझाएका छैनन् । अनलाइनबाट विवरण बुझाउन सकिने र कुनै शुल्कसमेत […]

सम्बन्धित सामग्री

भक्तपुरमा तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौं लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर, विडम्बना करीब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ ।  त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।  कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता नगरी सञ्चालनमा छन् । तर, जिम्मेवार निकाय नगरपालिका बेखबर बनिरहेको छ ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन शुरु गरेको बताए । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उनले आजदेखि शुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताए ।  कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर, संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताए । उनले भने, ‘जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पु¥याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।’ सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहे पनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उनको भनाइ छ ।  कडा अनुगमनका बीचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौंला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् । रासस

बिस्थापित हुँदै प्याराग्लाइडिङ पाइलट, गुमनाम जस्तै बन्यो पोखराको प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइ...

बिस्थापित हुँदै प्याराग्लाइडिङ पाइलट, गुमनाम जस्तै बन्यो पोखराको प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइ...

मौसम पूर्वानुमानमा बेखबर कृषि

नेपाल कृषि प्रधान देश हो । अहिले पनि कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा ज्यादा मानिस कृषिमै निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनमा आज पनि रेमिट्यान्सपछि कृषि क्षेत्रकै योगदान (२३.९५ प्रतिशत) बढी छ । कुनै बेला अर्थतन्त्रमा सबैभन्दा बढी टेवा दिएको कृषि क्षेत्र विगत दुई दशकयता खुम्चँदै आएको छ ।

मर्मत भएनन् बनगाडका ग्रामीण सडक

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा दर्जनभन्दा बढी ग्रामीण सडक अझै मर्मत भएका छैनन्।वर्षात् सकिएको झन्डै ५ महिना बितिसक्दा समेत नगरपालिकाका धेरैजसो ग्रामीण सडक सञ्चालनमा आउन नसकेका हुन्।नगरपालिकाभित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोलेर अलपत्र छाडी स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन्।वर्षात्को समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।नगरपालिका केन्द्रब

सरकार १० हजार बढी एचआईभी सङ्क्रमितबारे बेखबर, जोखिम झन् बढ्यो

१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा हाल ३० हजार ३००  जना सङ्क्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ अर्थात् ५४ प्रतिशत छन् भने महिला १३ हजार ९८६ अर्थात् ४६ प्रतिशत रहेका छन् । जसमा एचआईभी सङ्क्रमित गर्भवती २१६ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । यद्यपि  (एआरबी)  अर्थात् एन्टी रेक्टो भाइ

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

काठमाण्डाै - देशको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ ।  कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको  भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,'देशमा अहिले करिब ३५...

छात्रवृत्तिमा चार करोड खर्चिएका विद्यार्थीको स्थितिबारे कर्णाली सरकार बेखबर

सुर्खेत । कर्णाली सरकारले छोरी बुहारीलाई प्राविधिक शिक्षाका लागि चार करोड रुपैयाँ बढी छात्रवृत्तिमा खर्च गरिसकेको छ । तर, छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे सरकार बेखबर छ । आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई प्राविधिक शिक्षाका लागि भन्दै छात्रवृत्ति दिने कार्यक्रम ल्यायो । प्राविधिक शिक्षा अध्ययनका लागि यहाँका १५२ छोरी बुहारीलाई एक लाख […]

खोप केन्द्रमा ठेलमठेल भिड, सरकारको निर्देशन उल्लंघन

काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाउन सुरु भएको छ। खोप लगाउनका लागि तोकिएका अस्पतालहरूमा अत्यधिक भिड बढेको छ। खोपका लागि उपत्यकामा  १९ केन्द्र तोकिएको छ।  पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन तथा १४ जिल्लाका शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ। तर, खोप केन्द्रमा यसरी अत्यधि भिड बढेको बारेमा सरकार बेखबर छ।कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा