धनगढी : कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतबार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्।अदालत स्रोतका अनुसार आजै उनको बयान पनि लिइएको छ तर आदेश भने हुन बाँकी छ। सम्भवतः सोमबार आदेश जारी हुनेछ।कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्रको २०७८ कात्तिक २३ गते राति हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी साँध्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भए