काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको निष्कर्ष निकालेको छ ।
फोरमका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “गठबन्धनमा प्रधानन्यायाधीश मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एशोसियसनतर्फबाट समेत भएको विरोधको वावजूद...