मुगु : छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेको छ। छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत आइतबार दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो।दाउराको साह्रै समस्या हुने उक्त गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए। ग्यास चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रूपैयाँ खर्च गरेको जनाइएको छ। अन्नभन्दा दाउराको चिन्ताले सधैँ&n