काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २५ विन्दुमा झरेकाे छ ।
सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।
आज दुई सय २३ वटा कम्पनीकाे ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे चार कराेड ६७ लाख रुपैयाँ बराबरकाे शेयर किनब...