एक सातादेखि हराएका चन्द्रे कामी भेटिए

अन्तरजातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका चन्द्रे कामी बुधबार बिहान फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्।

सम्बन्धित सामग्री

बेपत्ता भनिएका चन्द्रे कामी आफन्तको घरमा ! यसरी हुँदै छ अनुसन्धान

काठमाडौं । कथित उपल्लो जातकी युवतीसँग विवाह गरेको र एक सातादेखि बेपत्ता रहेको भनिएका हुम्लाको सर्केगाड गाउँपालिका–१, जैर नात्ताका चन्द्रे कामी आज सकुशल फेला परेका छन् । चन्द्रेको खोजी गरिरहेको प्रहरी टोलीले खार्पुनाथ गाउँपालिका–५, याङ्चु बजारमा हिँडिरहेको अवस्थामा फेला पारेको हो । घटना तल्लो हुम्लामा घटेको हो भने चन्द्रे माथिल्लो हुम्लामा...

अन्तरजातीय विवाहपछि बेपत्ता दलित युवक सकुशल भेटिए

अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिका-५ याङ्चुबजारमा उनलाई भेटेको हो ।

अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता

अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता पारिएका हुन् ।

युवतीको बयान– ‘टुनामुना’ लगाई विवाह गरियो, छोराको चिन्ताले आमा बिरामी

काठमाडौं । हुम्लामा कथित माथिल्लो जातको युवतीसँग विवाह गरेका भनिएका एक युवक एक सातादेखि बेपत्ता छन् । स्थानीय चन्द्रे कामी बेपत्ता भएको एक सातासम्म पनि अत्तोपत्तो नलाग्दा परिवार चिन्तित छ । केटाले आफूलाई दुई महिनासम्म लुकाइछिपाइ राखेको र ‘टुनामुना गरी विवाह गरेको’ बयान ती युवतीले प्रहरीसमक्ष दिएकी छन् । छोराको चिन्ताले चन्द्रेकी...

अन्तरजातीय विवाह : बेहुला एक सातादेखि बेपत्ता

मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्।गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई  कुटपिट गरी सार्कीलाई तल्लो जातक