काठमाण्डाै – सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ ।दुई हजार रुपैयाँका दरले तलब बढेसँगै मुख्यसचिवको तलब ६७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । यस्तै सरकारका सचिवको तलब ६२ हजार ६ सय ७५, सहसचिवको ४९ हजार तीन सय ७७ र उपसचिवको ४२ हजार तीन सय ७७ रुपैयाँ पुगेको छ ।यस्तै अधिकृतको तलब ३७ हजार नौ सय ९९, नायब सुब्बाको ३० हजार दुई सय, खरिदारको...