काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका दिन पशुपतिनाथ मन्दिर परिसरदेखि लिएर देशभरिका शिवालयमा शतबीज छर्नेको भीड उर्लन्छ। बालाचर्तुदशी पर्व भोलि (शुक्रबार) शतबीज छरेर मनाइँदै छ।वर्षभरि निधन भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ। शतबीज छर्नाले जीवित रहँदा गरेका सबै पाप नाश हुने विश्वास गरिन्छ।शतबीजबाट उम्रेर आएको अन्न दिवंगत आफन्तको आत्माले उपभोग गर्न पाउने र उसले कहिल्यै भोको बस्नु नपर्ने विश्वास छ।बालाचतुर्दशीमा एक गेडा बीज छरे पनि एक टुक्रा