सहिद दिवसमा नेविसंघले गर्‍यो दीप प्रज्ज्वलन (तस्बिरहरु)

काठमाडौँ- सहिद दिवसको साँझ सत्तारुढ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले सहिदगेटमा सहिदहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेको छ। सहिदगेटमा रहेको चार जना सहिदहरुको प्रतिमा अघिल्तिर नेविसंघले दीप प्रज्ज्वलन गरेको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

सम्बन्धित सामग्री

सहिद दिवसमा दिप प्रज्ज्वलन (तस्बिरहरु)

काठमाडौँ- सहिद दिवसका अवसरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि आइतबार साँझ दीप प्रज्ज्वलन गरेको छ। नेपालका चार सहिदमध्ये कान्छा गंगालाल श्रेष्ठ पढेको त्रिचन्द्र क्याम्पसअगाडि दीप प्रज्ज्वलन गरिएको विद्यार्थीहरुले जानकारी दिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु: