काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, […]
४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ । महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो । महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय […]
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण...
५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षमा मात्र यस्ता ५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाएको हो । महानगरपालिकाको सहकारी विभागका उप–निर्देशक विमला कोइरालाले बचत कर्ताको बचत फिर्ता नदिइदा बाध्य भएर प्रहरीको जिम्मा लगाउनु परेको जानकारी दिइन् । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) […]
काठमाडौँ,१८ पुष । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् । महानगरपालिका अन्तर्गतको सहकारी विभागका […]
विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन्। ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा ३५ दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन...
काठमाडौँ– ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो । हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा पसल व्यवसाय गर्दै आएका भारत घर भएका बचतकर्ता राकेश चौधरीले टोकन […]
काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन् । दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव...