आर्थिक परिदृश्यहरूमा देखिएका केही प्रवृत्तिले विश्व अर्थतन्त्र फेरि लामो मन्दीको संघारमा प्रवेश गर्न लागेको संकेत गर्छन् । कोभिड–१९ पछि पुनरुत्थानको बाटामा चलायमान हुने क्रममा इन्धन संकट गहिरिएको, मुद्रास्फीति बढेको, ब्याजदर उच्च रहेबाट लगानीको वातावरण खलबलिएको र बेरोजगारी बढेका कारण आर्थिक वृद्धिदर अपेक्षाकृत रूपमा बढ्न सकेको छैन; अझ कतिपय मुलुकमा त ऋणात्मक बन्न पुगेको छ ।