काभ्रे र रामेछापमा दलहरूले आचारसंहिताविपरीत माइकिङ, मोटरसाइकल र्याली, कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् । उम्मेदवारले मनोनयन दर्ताका बेलामा पनि बाजागाजा, तुल, ब्यानरसहित शक्ति प्रदर्शन गरेका थिए ।