नेपाली सेनाका सहायक रथी केसीको कोरोनाका कारण निधन

काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए। उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।

सम्बन्धित सामग्री

कोरोनाका कारण सेनाका जर्नेल केसीको मृत्यु

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।  सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको  नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले लोकान्तरलाई बताए । ‘सघन कक्षमा उपचार उहाँको आज विहान निधन भएको छ,’ प्रवक्ता पौडलले भने । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसी   करिब एक महिनाअघि देखि उपचाररत थिए ।  उनलाई अति समस्या भएपछि चार दिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।

कोरोनाका कारण सेनाका सहायक रथीको निधन

काठमाडौ । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन  भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको आज बिहान निधन भएको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केही दिनदेखि उनको उपचार चलिरहेको थियो । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए  ।