नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।
सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले लोकान्तरलाई बताए ।
‘सघन कक्षमा उपचार उहाँको आज विहान निधन भएको छ,’ प्रवक्ता पौडलले भने ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसी करिब एक महिनाअघि देखि उपचाररत थिए ।
उनलाई अति समस्या भएपछि चार दिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।