दोधारा–चाँदनी सुक्खा बन्दरगाह : वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा पेश गर्ने तयारी

वैशाख २, महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशक अघिदेखि शुरु भए पनि कामको गति भने अहिले बढेको छ । विसं २०६४ मा सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको हो ।   स्थानीयवासीले उठीबास हुने, मुआब्जालगायत विषयमा आशंका व्यक्त गर्दै उक्त क्षेत्रमा बनाउन असहमति जनाएपछि दोधारा–चाँदनीकै मायापुरी र गौरीशंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने तय भएको थियो ।  इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रको भोगाधिकार र स्रोत निश्चितताका लागि पहल भइरहेको बताए । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन परामर्शदाताले तयार गरिरहेको जानकारी दिंदै उनले डेढ महीनामा स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने गरी काम गरिरहेको बताए । ‘परामर्शदाताले फिल्डमा स्थानीयवासीसित छलफल गरेर राय, सुझाव संकलन गरिसकेको छ’, गजुरेलले भने, ‘वन मन्त्रालयले स्वीकृति दिनासाथ सुक्खा बन्दगाह निर्माणको ठेक्का लगाउनेलगायत कामको बाटो खुल्नेछ ।’ समितिले दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई प्राथमिकतामा राखेर काम दु्रत गतिमा अघि बढाइरहेको गजुरेलको भनाइ छ । सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरुयोजना यसअघि नै तयार भइसकेको छ । प्रस्तावित क्षेत्रमा करीब २८० बिघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्डलगायत संरचना निर्माण गरिनेछ ।  प्रस्तावित सुक्खा बन्दरगाह हाल महाकाली नदीमा निर्माणाधीन चार लनेको पक्की पुलदेखि पारिपट्टी एक हजार २०० मिटरको दूरीमा पर्छ । त्यसैगरी, केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ ।  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले केही दिनअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाहको विषयले प्राथमिकता पाएको जानकारी गराउनुभएको थियो । ‘सुदूरपश्चिमकै महत्वपूर्ण योजनाबारे भएको छलफल सकारात्मक छ’, उनले भने ।  यस्तै दोधारा–चाँदनी नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले सुक्खा बन्दरगाहको काम चाँडै शुरु हुने बताए । यहाँ सुक्खा बन्दरगाह, महाकालीमा चार लेनको पक्की पुल र बेदकोटमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना भए सुदूरपश्चिमले विकासमा फड्को मार्ने उनको भनाइ छ ।  ‘केन्द्रबाट सुक्खा बन्दरगाहको टोली आएर छलफल गरेको थियो’, उनले भने, ‘स्थानीयस्तरबाट सबैले सहयोग गर्ने भन्दै चाँडो काम थाल्न अनुरोध गरिएको छ ।’ उनले दुई सामुदायिक वनबाहेक छेउको बस्ती समाहित गर्नुपरे स्थानीयलाई उचित मुआब्जा दिनुपर्ने विषय पनि सुझावका रुपमा राखिएको बताए । रासस

सम्बन्धित सामग्री

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

एमाले अध्यक्ष ओली र उद्योगमन्त्रीले गरे दोधारा चाँदनी सुक्खा बन्दरगाह अनुगमन

२ चैत, काठमाडौं । नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा स्वीकृत रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण हुने प्रस्तावित एकीकृत जाँच चौकी निर्माण स्थलको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थलगत अनुगमन गरेका छन् । अवलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित […]

गणतन्त्रसँगै अघि बढेको ‘दोधारा चाँदनी सुक्खा बन्दरगाह’

महेन्द्रनगर– विसं २०६२-६३ को जनआन्दोलनपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्रको जग बस्यो । लोकतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले २०६४ सालको सेरोफेरोमा सुदूरपश्चिमको समृृद्धिसँग जोडिएको सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सार्‍यो ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा प्रस्ताव भएको उक्त सुक्खा बन्दरगाह लामो समय प्रक्रियागत र स्थानीयवासीको विरोधमा रुमलियो । लोकतन्त्र स्थापनापछि सरकार र मुलुकको व्यवस्था परिर्वतन हुँदै आएको […]

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो । …

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

काठमाडौँ – भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी […]

दोधारा-चाँदनी सुक्खा बन्दरगाह : स्थानीयलाई रोजगारीको आशा

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो  । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उनलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन फँडानी गरेर बस्ती बसेको थियो”, विगत सम्झिँदै पन्तले भने, “अहिले बस्तीमा आठ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ला बन्ने सोच्न पनि सकेका थिएनौँ ।”महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।...