कमिसन बढाउन माग गर्दै पेट्रोलिय व्यवसायीद्धारा ढुवानी बन्द

काठमाडौं । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिदंै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् । सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले […]

सम्बन्धित सामग्री

इन्धन ढुवानी कमिसन ५ प्रतिशत पुर्‍याउन व्यवसायीको माग

इन्धन बिक्री गरेबापत बिक्रेताले पाउने कमिसन वृद्धि गर्न पेट्रोलियम व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीहरुले इन्धनको सहज आपूर्ति गरिनुपर्ने, कमिसन वृद्धि गर्नुपर्ने, धरौटीको ब्याज दिनुपर्ने माग गरेका हुन् ।

सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, ८०० किलोलिटर तेल बजारमा

नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।यससँगै, उपत्यका

आजदेखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुने

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ ।निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष  पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो । छलफलबाट पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथ

उपभोक्ता लाइनमा, निगमका हाकिम दिल्लीमा

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । यता उपभोक्ता भने पेट्रोल नपाइने त्रासमा दिनभर चर्को घाममा पेट्रोल पम्प अगाडि लाइन लागेका छन् ।

कमिसन नपाएको भन्दै पेट्रोल पम्पहरू बन्द

पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने भएका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने ढुवानी वन्द गरेका छन् । निगमको डिपोबाट बिक्रेताका लागि हुने ढुवानी बन्द गरिएको र शनिबारदेखि सबै पम्प बन्द गरिने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । माग पूरा नभएसम्म निरन्तर पम्पहरू बन्द हुने उहाँको भनाइ छ ।

कमिसन बढाउन माग गर्दै व्यवसायीले पट्रोलियम पदार्थ उठाउन छाडे

काठमाडौं, १८ चैत्र । कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् । व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक […]

ढुवानी भाडा र कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा ढुवानी ठप्प

पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेका छन्। व्यवसायीले शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाइ इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्। व्यवसायीहरुले...

ग्यास ढुवानी र विक्रेता कमिसन बढाउन माग

ग्यास उद्योग र विक्रेताले ग्यासमा दिइँदै आएको कमिसन बढाउन माग गरेका छन् । लामो समयदेखि कमिसन वृद्धि नभएको र लागत तथा मजदुर खर्च बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरूले कमिसन बढाउन माग गरेका हुन् ।शनिबार काठमाडौंमा आयोजित ग्यास विक्रेता महासंघको आठौँ साधारणसभामा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यवसाय सञ्चालन गर्न कठिन भएकाले समयअनुकूल […]

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीहरूको माग

इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले  देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।