‘चुच्चे ढुंगो उही टुंगो’ भन्ने नेपाली उखानजस्तै चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ । बजेट कार्यान्वयन सोचेजस्तो नभएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले खर्च र राजस्वको लक्ष्य संशोधन गराएका छन् । बजेट अनुशासनका दृष्टिले यसरी आर्थिक वर्षको बीचमा गएर बजेटका आँकडाहरूलाई संशोधन गरिनु उपयुक्त मानिँदैन । यद्यपि बाध्यकारी अवस्थामा सरकारले पूरक बजेट ल्याउने प्रचलन भने पुरानै हो ।